बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बक्सिङका पूर्वराष्ट्रिय खेलाडी दीपक गुरुङ लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा 

बक्सिङका पूर्वराष्ट्रिय खेलाडी दीपक गुरुङ लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा 

शान्ता आचार्य

२३, माघ २०७७
  • 3.0K
    SHARES

  • बक्सिङका पूर्वराष्ट्रिय खेलाडी दीपक गुरुङ लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा 

     बक्सिङका पूर्वराष्ट्रिय खेलाडी दीपक गुरुङ लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा  मनोनीत भएका छन् । ०७१ सालमा स्थापना भएको लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको भ्रातृसंगठन हो ।

     गुरुङले नेपाल बक्सिङ संघको पूर्वमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । बुढानीलकण्ठ ११ का बासिन्दा गुरुङले लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको लामो कालखण्ड बिताएका छन् । 

     गुरुङले खेलक्षेत्रमा रहेका भ्रष्टाचार, अनियमिततालगायत विकृति अन्त्य गर्न आफू लागिपर्ने बताए । साथै, उनले ओलम्पिक खेल दर्ता भएका विभिन्न खेलको स्तरोन्नति गरेर नेपाललाई विश्वसामु चिनाउन  योगदान गर्ने बताए । 

    आगामी दिनमा लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेका विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत नेताहरुको जन्मजयन्तीका अवसरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेर नेपालको खेलकुदमा यागदान गर्ने योजना रहेको गुरुङले  बताए । 

    लोकतान्त्रिक खेलकुद संघले  समग्र खेलकुदमा लागेका खेलाडीहरुको  जीविकोपार्जनका सवालमा भूमिका निर्वाह गर्ने गुरुङले बताएका छन् । 

    शुक्रवार, माघ २३ २०७७०७:०९:३४
    सम्बन्धित समाचार