बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आर्मीसँग १२–० ले हार्‍याे चौदण्डीगढी, शर्मिलाले गरिन् ५ गोल

आर्मीसँग १२–० ले हार्‍याे चौदण्डीगढी, शर्मिलाले गरिन् ५ गोल

  • 2.2K
    SHARES

  • आर्मीसँग १२–० ले हार्‍याे चौदण्डीगढी, शर्मिलाले गरिन् ५ गोल

    काठमाण्डाै, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलले हराएको छ ।  

    एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा चौदण्डीगढीलाई १२ गोलले हराउने क्रममा आर्मीकी शर्मिला थापा एक्लैले पाँच गोल गरिन् । शर्मिलाले खेलकाे सात, १३, २३, २९ र ३८ औँ मिनेटमा गाेल गरेकि छन् ।

    यस्तै सपना लामाले खेलकाे ८७ र दाेस्राे हाफकाे इन्जुरी समयमा गाेल गर्दा कप्तान अञ्जली वाइबाले आठ, हेमा चौधरीले तीन, विमला चौधरीले ३०, विमला विकले ४८ र रश्मी घिसिङले ८४ औँ मिनेटमा एक एक गोल गरेका छन् । 

     जितसँगै आर्मी ६ खेलमा १३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ । चौदण्डीगढीले भने अहिले सम्म कै एक खेल पनि जितेको छैन ।  

    बुधवार, माघ २१ २०७७०५:४१:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार