बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आइसोलेसनमा, मंगलबार कोरोना परीक्षण हुने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आइसोलेसनमा, मंगलबार कोरोना परीक्षण हुने

  • 3.7K
    SHARES

  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आइसोलेसनमा, मंगलबार कोरोना परीक्षण हुने

    नयाँ दिल्ली । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल अस्वस्थ भएपछि ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् ।

    आइतबार दिउँसोबाट उनीको स्वास्थ्यमा समस्या आए पनि सोमबार स्वास्थ्य अवस्था थप बिग्रिएपछि कोभिड–१९ संक्रमणको आशंकामा उनी सेल्फ आइसोलेसनमा बसेको बताइएको छ ।समाचार अनुसार उनलाई आइतबार दिउँसोदेखि नै ज्वरो र खोकीको समस्या थियो । लगत्तै केजरीवालले औपचारिक कार्यक्रम रद्द गरेर आफूलाई आइसोलेसनमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    चिकित्सकको एउटा समूहले उनको स्वास्थ्यबारे निगरानी गरिरहेको जनाइएको छ । दिल्ली सरकारले कोरोनाको लक्षण विनाका बिरामीलाई कोभिड–१९ भाइरसको परीक्षण गर्न रोक लगाएका कारण मुख्यमन्त्री केजरीवालको स्वास्थ्य परीक्षण पनि प्रभावित भएको छ ।

    चिकित्सकले केजरीवाललाई सामान्य ज्वरो नभई कोभिड–१९ सँग सम्बन्धित ज्वरो आएको र उनमा खोकीको पनि समस्या रहेकाले कोरोना संक्रमण हुन सक्ने अनुमान गरेका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएको भन्दै उनको मंगलबार कोभिड–१९ को संक्रमणसम्बन्धी परीक्षण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    सोमवार, जेठ २६ २०७७०२:२८:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार