बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउन खुकुलो बनाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सुझाब

लकडाउन खुकुलो बनाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सुझाब

  • 3.6K
    SHARES

  • लकडाउन खुकुलो बनाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सुझाब
    लकडाउन खुकुलो बनाउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारलाई सुझाव दिएको छ।

    प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी अब कार्ययोजना बनाएर लकडाउन खुकुलो बनाउनुपर्ने बताएको हो।

    प्रतिष्ठानका अध्यक्ष रहेका पूर्वमन्त्री नवीन्द्रराज जोशीले लकडाउन खुकुलो बनाउनुपर्ने बताए। प्रतिष्ठानले विज्ञ समूह बनाएर नेपालमा कोरोनाबाट परेको प्रभावबारे अध्ययन गरेको थियो।

    उक्त अध्ययनको सुझाव सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई बुझाइएको जोशीले जानकारी दिए।

    प्रतिष्ठानले बजेटमा रहेको सांसद विकास कोष आवश्यक नरहेको पनि उल्लेख गरेको छ।

    ‘सांसद विकास कोष, आयोग र समितिहरू घटाउनुपर्छ,’ जोशीले भने, ‘नागरिकका सुरक्षा र स्वास्थ्य प्रमुख विषय हुन्।’

    सरकारले महामारीका बेला राष्ट्रिय सहमति गर्ने कुरामा कमजोरी देखाएको जोशीले बताए। स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री पर्याप्त हुनुपर्ने उनको भनाइ छ।

    भारतलगायत देशबाट फर्केकाहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राखेर पिसिआर विधिबाट कोरोना परीक्षण गरेपछि मात्रै घर पठाउनुपर्ने जोशीले बताएका छन्।

    विज्ञ समूहमा रहेका योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले अब लकडाउन खुकुलो बनाउनुको विकल्प नरहेको बताए।

    सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो। जेठ ३२ गतेसम्म लकडाउनको समयावधि छ।

    सोमवार, जेठ २६ २०७७०१:१२:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार