काठमाण्डौ, राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई हराएको छ ।
ललितपुर सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा आर्मीले विराटनगरलाई सात–शून्यले हराएको छ । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै विमला चौधरीले दुई तथा रश्मी घिसिङ र विमला विकले एक-एक गोल गरे ।
जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको हो । लिगमा आर्मीको यो तेस्रो जित हो,आर्मीले पाँच खेलमा १० अङ्क जोडेको छ । विराटनगर सात अङ्क सहित चौथो स्थानमा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।