काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ ।
आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थिए । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो, एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन् । यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भएका छन् ।
त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए,आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३३ तथा सुशन भारीले १ विकेट लिए । आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले, त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११११ रन बने । एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले ११ विकेट लिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।