बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्रीको गीत ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ विमोचन

प्रधानमन्त्रीको गीत ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ विमोचन

  • 3.0K
    SHARES

  • प्रधानमन्त्रीको गीत ‘सम्वृद्ध नेपाल सुखि नेपाली’  विमोचन

    काठमाडौं । ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बम शनिबार सार्वजनिक गरिएको हो । कुल ५ गीत संग्रहित रहेको एल्बम राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलेको संयोजनमा तयार गरिएको हो। नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक मानवलाई खाना खुवाउँदै आएको नेपाल स्वयंसेवक संघसँग मिलेर सडक मानवकै आतिथ्यतामा गीत बिमोचन गरिएको हो ।

    एल्बममा समावेश गरिएकामध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रश्वास’ लाई प्रधानमन्त्री केपी ओलीको सिर्जना हो भने त्यसमा शान्तिराम राई र मेलिना राईको आवाज दिएका छन् । त्यस्तै, हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचको’ बोलका गीतहरु रमेश पौडेलका सिर्जना हुन । जसमा सुप्रसिद्ध गायकद्वय बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् ।

    ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गीत विपिन किरणको रचना हो र जसमा राजेश पायल राईको आवाज छ । त्यस्तै ‘मुर्झिएका सपनाहरु ब्युँझायौ तिमिले’ मा रमेश पौडेलकै रचना हो र राजेश पायल राईले आवाज दिएका छन् । पाँचौ गीत ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ पनि विपिन किरणकै सिर्जना हो त्यसमा पनि पंगेनी र मेलीना राईको आवाज छ । किरण क्रियसनले बजार व्यवस्थापन ल्याएको एल्बमको संगीत संयोजन आमोश तामाङले गरेका छन् । सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भर्नु भएको छ ।

    आइतवार, जेठ २५ २०७७१०:०२:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार