सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–४ पलातीमा बहुउद्देश्यीय योजना अन्तर्गत इकोमेडिकेशन पार्क (ध्यानशाला) को निर्माण सम्पन्न भएको छ ।
पहिलो चरणमा रु चार करोडको लागतमा करीब ५०० जना अटाउने सुविधा सम्पन्न ध्यानशाला भवनको निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए ।
वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १२ करोडको बजेटबाट तीन वर्षभित्र सम्पन्न हुनेगरी गत वर्षदेखि निर्माण शुरु भएको थियो । सुनकोशी सालधारी सामुदायिक वन क्षेत्रभित्र हुने उक्त स्थानमा यस वर्ष सुनकोशीस्थित कपेश्वर महादेव मन्दिर परिसरबाट भवन सम्म पुग्ने रेलिङसहितको दुई किलोमिटर सिँढीको लागि बोलपत्र आह्वान गरिएको बताइएको छ ।
आगामी वर्षभित्र त्यहाँ स्थित बोक्से भन्ने स्थानमा अवस्थित प्राचीन गुफामा शिवको प्रतिमा स्थापना गर्ने लक्ष्य रहेको छ ।त्यसैगरी बालउद्यान, वनभोजस्थल र बौध स्तुपासमेत निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष न्यौपानेले बताए ।
त्यहाँ निर्माण हुने संरचनाको लागि वन समिति, उद्योग वाणिज्य सङ्घ, सम्बन्धित वडाका वडाध्यक्ष र सव डिभिजन वन कार्यालयका प्रतिनिधि समावेश समितिबाट अनगुमन गरिने व्यवस्था मिलाइएको छ ।
सबैलाई समेट्ने गरी ध्यानशाला निर्माण हुन लागेको बताउँदै नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले अहिलको तानवयुक्त जिवनबाट उन्मुक्ति पाउन ध्यानतिर अकार्षित हुँदै गएको छ उनले जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।