बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय महिला लिग फुटबल : आज दुई खेल

राष्ट्रिय महिला लिग फुटबल : आज दुई खेल

  • 2.4K
    SHARES

  • राष्ट्रिय महिला लिग फुटबल : आज दुई खेल

    काठमाण्डौ, राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् ।

    आज पुलिस क्लब दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ नगरपालिका पहिलो जित निकाल्न चाहन्छ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

    यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ । यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो ।

    एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई हराएको थियो ।

    मंगलवार, माघ १३ २०७७१०:५१:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार