बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

योगिनी कप भलिबल प्रतियोगिता माघ २२ देखि २४ गतेसम्म हुने

योगिनी कप भलिबल प्रतियोगिता माघ २२ देखि २४ गतेसम्म हुने

  • 1.7K
    SHARES

  • योगिनी कप भलिबल प्रतियोगिता माघ २२ देखि २४ गतेसम्म हुने

    बाँके, बाँकेको खजुरामा यही माघको २२–२४ सम्म योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

    योगिनी युवा क्लब र रङ्गशाला नेपाल मिडिया प्रालीद्वारा संयुक्तरुपमा आयोजना हुने सो प्रतियोगितामा न्यू एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने छ ।

    क्लबका अध्यक्ष तरिन्द्र थापा र सोप्रालिका अध्यक्ष रविन्द्रमान श्रेष्ठबीच आइतबार नेपालगञ्जमा सह–प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भयो ।

    प्रतिभावान् खेलाडी उत्पादन गर्दै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागेको मिडिया प्रालीका अध्यक्ष कमल खत्रीले जानकारी दिए । खजुरा गाउँपालिका–२ गौघाटमा आयोजना हुने प्रतियोगितामा स्थानीय १२ क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

    प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले १० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी विधागतरुपमा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

    सोमवार, माघ १२ २०७७०१:०५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार