बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विवाह बन्धनमा बाँधिए वरुण–नताशा

विवाह बन्धनमा बाँधिए वरुण–नताशा

  • 3.6K
    SHARES

  • विवाह बन्धनमा बाँधिए वरुण–नताशा

    बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । वरुणले नताशा दलालसँगको लामो प्रेमसम्बन्धलाई २४ जनवरीमा विवाह बन्धनमा परिणत गरेका हुन् । 

    कोरोना महामारीको युगमा विवाह बन्धनमा बाँधिएका उनीहरुले कडा सुरक्षाको साथ विवाह समारोह आयोजना गरेका थिए ।

    समारोहमा सहभागी सबैको कोरोना परिक्षण पछि मात्रै भित्र जाने अनुमति थियो भने फोटो लिक नहोस् भनेर स्टाफहरुको मोबाइलको क्यामरामा स्टिकर टासिएको थियो ।  

    करण जौहर, मनीष महल्होत्रा लगायत केही बलिउडकर्मीहरु र नजिकका पारिवारिक व्यक्तिहरुको उपस्थितीमा मात्रै विवाह समारोह गरिएको थियो ।

    उनीहरुको विवाह समारोह अलिबागको मेन्सन हाउस नामक रेर्सोटमा गरिएको हो । 

    सोमवार, माघ १२ २०७७१२:५६:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार