बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फागुनको अन्तिम हप्ताबाट राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

फागुनको अन्तिम हप्ताबाट राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

  • 1.5K
    SHARES

  • फागुनको अन्तिम हप्ताबाट राष्ट्रिय भारत्तोलन प्रतियोगिता हुने

    काठमाण्डाै,  स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुन अन्तिम हप्ता देखि राजविराजमा आयोजना हुने छ ।
    भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवकाअनुसार प्रतियोगितामा सातवटै प्रदेश तथा सेना, सशस्त्र र नेपाल प्रहरीका तीनवटै विभागीय टिमका झण्डै १५० महिला तथा पुरुष खेलाडीको सहभागिता रहने गरी प्रतियोगिता हुने बताए । 

    प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न प्रचारप्रसार, आर्थिक सङ्कलन, फिल्ड व्यवस्थापन, स्वागतलगायत विभिन्न उपसमितिसमेत गठन गरिएको सङ्घका सचिव गोपाल गुप्ताले जानकारी दिए । 

    सप्तरीका पुराना भारत्तोलन खेलाडी एवं रेफ्री राजविराज–९ निवासी स्व देवसुन्दर यादवको स्मृति एवं सम्मानमा नेपाल भारत्तोलन सङ्घ सप्तरीले यस प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

    सप्तरीका चर्चित भारत्तोलन खेलाडी यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । 

    सोमवार, माघ १२ २०७७११:१४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार