बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कीर्तिमानी जीतसँगै शीर्ष स्थान उक्लियो युनाइटेड

कीर्तिमानी जीतसँगै शीर्ष स्थान उक्लियो युनाइटेड

  • 2.2K
    SHARES

  • कीर्तिमानी जीतसँगै शीर्ष स्थान उक्लियो युनाइटेड

    एजेन्सि, पाउल पोग्बाले उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहामलाई पराजित गरेको हो ।

    फुलहमविरुद्ध कीर्तिमानी जीत हासिल गर्दै युनाइटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेड खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकम्यानको गोलमा पछि परेको थियो । तर, २१ औँ मिनेटमा एडिन्सन कभानीले गोल गर्दै खेल बराबरी गरे ।

    दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाइटेडको जीत सुनिश्चित गरे,युनाइटेड प्रिमियर लिगमा घरेलु मैदानबाहिर खेलिएका पछिल्ला १७ खेल अपराजित रहेको छ । योसँगै क्लबले घरेलु मैदानबाहिर अपराजित रहेको क्लबको कीर्तिमानलाई बराबरी गरेको छ ।यसअघि युनाइटेडले सन् डिसेम्बर १९९८ देखि सेप्टेम्बर १९९९ सम्म अपराजित रहँदै यो कीर्तिमान बनाएको थिए ।

    जीतसँगै १९ खेलबाट ४० अंक बटुल्दै युनाइटेड लिगको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानमा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी रहेको छ । सिटीको १८ खलबाट ३८ अंक रहेको छ ।

    बुधबार नै सिटीले एस्टनभिल्लालाई २–० गोलले हरायो । सिटीको संघर्षपूर्ण जीतमा बर्नार्डो सिल्भा र इल्के गुन्डोगानले एक–एक गोल गरेका छन् ।

    बिहिवार, माघ ८ २०७७१०:१९:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार