काठमाडौं, एक समय अभिनेत्री करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा थिइन् ।
उनको बाबुरामप्रति निकै भरोसा पनि थियो । त्यसैले पनि नयाँ शक्तिको घोषणा कार्यक्रममा आफैले संचालन गरेकी थिइन् ।घोषणा कार्यक्रममा बोलेको टुटेफुटेको अंग्रेजीको कारण करिश्मा आलोचित मात्र भइन् । ‘ट्रोल’ समेत बनिन् । तर पनि करिस्माले बाबुरामको पार्टी छोडिन् ।
बाबुरामको नयाँ शक्तिपार्टी बिभिन्न मधेदवासी दलहरुसँग मिलेर अहिले जनता समाजवादी पार्टी भएको छ । करिश्माले सक्रिय राजनीतिमा नलाग्ने निर्णय गरिसकेकी छन् । राजनीतिमा सक्रिय नलाग्ने निर्णय गरेपनि राजनीतिक घटनाक्रम उनले उनले टिकाटिप्पणी गर्न छोडेकी छैनन् ।
उनले डा।बाबुराम भट्टराई माथि प्रहार गरेकी छन्, बाबुरामले राखेको एक पोष्ट सेयर गर्दै उनले उनको बिचारको विरोध समेत गरेकी छन् । ‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्काे पार्टीको बिरोधमा मात्र सिमित भएको देख्दा दुःख लाग्छ डा,साब !’ उनले अगाडि लेखेकी छन् ।
यहि हो नेपालीले पाएको गणतन्त्र करिश्माले राजनीतिक संस्कारको कुरा गर्दै देश विकास कहिले हुने भनेर बाबुरामलाई प्रश्न समेत गरेकी हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।