बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने

  • 2.0K
    SHARES

  • मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने

    काठमाडौं :  मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन्। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएकाे छ।  

    निरन्तरको लकडाउनले व्यसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो। लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ।

    बिहिवार, जेठ २२ २०७७०६:०१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार