बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दै

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दै

  • 2.1K
    SHARES

  • राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दै

    काठमाडौं ,राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ,अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता आयोजना गरेको छ । दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

    दुई टोलीबीचको उद्घाटन खेल दिउँसो २ बजे सुरु हुनेछ, आजको खेलमा दर्शकहरु निःशुल्क प्रवेश गर्न पाउनेछन् । महिला लिग पहिलोपटक आयोजना गरिएको हो ।

    राष्ट्रिय महिला लिगमा सात टिमको सहभागिता छ । पुलिस, आर्मीसँगै एपिएफ क्लब, उदयरपुरको चौदन्डीगढी नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका रहेका छन् ।

    दशरथ रंगशालामा राष्ट्रिय महिला लिगको उद्घाटन र लिगको अन्तिम खेल गरी दुई खेल मात्रै हुनेछ । बाँकी खेल भने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।

    बुधवार, माघ ७ २०७७११:२४:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार