बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘माया लुकी लुकी’ गितले बनायो कति? करोडको रेकर्ड

‘माया लुकी लुकी’ गितले बनायो कति? करोडको रेकर्ड

  • 3.9K
    SHARES

  • ‘माया लुकी लुकी’ गितले बनायो कति? करोडको रेकर्ड

    काठमाडौं, गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको हो ।

    युट्युवमा १० करोड बढी भियुज पाएको यस गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिले सम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको छ । २०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५५ हजार वढी भियुज पाएको छ ।

    गीतलाई ४ लाख १५ हजार लाइक र ४९ हजार डिस लाइक पाएको छ । आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत अविरलकै रहेको छ । काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ ।

    भिडियो सरोज अधिकारीले निर्देशन गरेका छन्, गीतबाट थुप्रै अवार्ड समेत हात पार्न सफल गायिका प्रसाईलाई यो गीतको असफलताले आगामी दिनको लागि चुनौती समेत थपिएको बताउँछिन् । गीतले नेपालमा एउटा रेकर्ड बनाएको छ । त्यो हिसावले एकदमै खुसी छु’ उनिले भनिन्–‘अब पहिलेको भन्दा उत्कृष्ट गीत कसरी दिने भन्ने चुनौती मलाई छ ।

    ’ २०५८ सालमा पहिलोपटक ‘के गर्नु हो तिम्रो कसम’ र ‘तिम्रो दिलको कुनाकानी’ गीतबाट गायन सुरुवात गरेकी प्रसाई पछिल्लो समय फिल्मको पाश्र्व गायनमा समेत जमेकी हुन् ।

    ४ सयभन्दा बढी अहिले सम्म गीत रेकर्ड गराइ सकेकी टिकाका ‘नाइ मलाइ थाहा छैन’, ‘सेल्फीको जमाना’, चट्ट सलाम’, ‘एउटा कुरा भनौं’ लगायत थुप्रै गीत हिटमा रहेका छन् । 

    सोमवार, माघ ५ २०७७०६:३८:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार