बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

  • 1.8K
    SHARES

  • कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञ

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाममा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गर्न लागेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न लागेका हुन्।

    छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ,अर्थविद,योजनाविद,नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

    मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए।

    छलफल दिउँसो  ४ बजेका लागि तय भएको छ।

    बुधवार, जेठ २१ २०७७०८:३१:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार