बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा

प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा

  • 1.9K
    SHARES

  • प्रिमियर लिग : लेस्टर सिटी दोस्रो स्थानमा

    एजेन्सी । साउथह्याम्पटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनमाथि २–० को जित निकाल्न लेष्टरका जेम्स म्याडिसन र हार्भे बार्न्सले एक–एक गोल गरे ।

    प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले फुल्हमलाई १–० ले हरायो । १० जनामा सिमित फुल्हमविरुद्ध चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे । गएराति वेष्ट ह्याम युनाईटेडले बर्न्लेलाई १–० ले हराउँदा वेष्ट ब्रोमले वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–२ ले पराजित गर्‍यो । ब्राइटनले लिड्स युनाईटेडमाथि १–० को जित निकाल्यो ।

    इंग्लीश प्रिमियर लिगमा गएरातिका खेलपछि १७ खेलबाट ३६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेको लेष्टर सिटी ३५ अंकसहित दोस्रो स्थानमा उक्लिंदा तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

    आइतवार, माघ ४ २०७७०७:३३:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार