बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिमकोटमा फागुनदेखि फुटबल प्रशिक्षण

सिमकोटमा फागुनदेखि फुटबल प्रशिक्षण

  • 1.7K
    SHARES

  • सिमकोटमा फागुनदेखि फुटबल प्रशिक्षण

    हुम्ला, सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेबाट फुटबल प्रशिक्षण हुने भएको छ ।

    जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धि बहादुर रोकायाले जानकारी दिए । 

    जिल्लाका आठ देखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई सशुल्क रुपमा फुटबल प्रशिक्षण शुरु गर्न लागिएको सचिव रोकायाले जानकारी दिए ।

    खेलका लागि टिम दर्ता गराएका महिला तथा पुरुषलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने, राम्रो खेलाडीलाई विभिन्न राष्ट्रियस्तरका क्लबमा आबद्ध गर्न पहल गरिने र विभिन्न ठाउँमा हुने प्रतियोगितामा आफ्नो जिल्लाको प्रतिनिधित्व गराउने लक्ष्यका साथ प्रशिक्षण शुरु गर्न लागिएको उनको भनाइ  रहेको छ । रासस

    शुक्रवार, माघ २ २०७७१२:५३:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार