काठमाडौं। फ्रेन्च सुपर कपको फाइनलमा मार्सेइलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कपको उपाधि आफ्नो कब्जामा राखेको छ ।
पिएसजीको लागि खेलको ३९ औं मिनेटमा इकार्डीले पहिलो गोल गरेका थिए । पहिलो हाफ १(० गोलको अन्तरमा सकिएको थियो ।
दोस्रो हाफको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत गोल गर्न सफल रहे ।
मार्सेइले अन्तिम समयमा सान्त्वना गोल फर्काएका थिए । तर उक्त गोल जितका लागि पर्यप्त नहुँदा पिएसजीले आफ्नो १० पटक उपाधि रक्षा गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।