कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा विघटनले राष्ट्र, राष्ट्रियता, संविधान र सङ्घीयता खतरामा पुगेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले यस गम्भीर परिस्थितिलाई सुल्झाउने जिम्मेवारी न्यायालयको काँधमा आइपुगेको बताए । मुख्यमन्त्री शाहीले भने, “मुलुकमा स्थायी सरकार, समृद्धि र विकासका लागि मध्यावधि निर्वाचन समाधान होइन । ।” प्रतिनिधिसभा विघटनको नजीर बस्नु राम्रो नभएको उनले बताए ।
उनले अहिले सामना गरिरहेको अवस्थाबाट अघि बढे देशमा धेरै प्रधानमन्त्री बन्ने तर मुलुक अस्थिर राजनीतिको चङ्गुलमा फस्ने तर्क गर्दै यसले मुलुकको विकास १० वर्षपछि धकेलिने जनाए ।
मुख्यमन्त्रीले रणनीतिक महत्वका योजना बन्न नसके पनि कर्णालीमा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारको विकास हुँदै गएको जनाए । उनले कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पनि केही दिनपछि विस्तार गरिने जनाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।