एजेन्सी । जोसे मोरिन्होको टिम टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० ले पराजित गरेको हो ।
पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे ।
आइतबार राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले पनि चौथो चरणमा स्थान बनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।