बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण

 पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण

  • 3.7K
    SHARES

  •  पल्सर स्पोर्ट्स अवार्ड चार टेलिभिजनमा प्रत्यक्ष प्रसारण

    काठमाडौं:  नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ। कोरोना भाइरसको महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डको १७औं संस्करण भर्चुअल स्वरूपमा हुन लागेको हो। 

    कोरोनाका कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने कार्यक्रम सेमी भर्चुअल हुन लागेको हो। भर्चुअल स्वरूपमा आयोजना हुन लागेको अवार्ड कार्यक्रम नेपालकै पहिलो हुनेछ।

    यसअघि हजारौं खेलप्रेमी महानुभावमाझ हुने कार्यक्रम यस पटक सीमित व्यक्तित्वको उपस्थितिमा आयोजना हुँदैछ। कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ। 

    हलमा सीमित व्यक्ति रहने भएकाले कार्यक्रम चारवटा राष्ट्रिय टेलिभिजनमा एकसाथ प्रसारण हुने भएको छ। नेपालका प्रमुख टेलिभिजन एनटीभी प्लस, एक्सन स्पोर्ट्स, इमेज च्यानल र जनता टीभीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

    यसका साथै मञ्चको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ। यस्तै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ। 

    सोमवार, पौष २७ २०७७०७:१६:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार