बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेस्सी र ग्रिजम्यान चम्किँदा बार्सिलोनाको फराकिलो जित

मेस्सी र ग्रिजम्यान चम्किँदा बार्सिलोनाको फराकिलो जित

  • 3.5K
    SHARES

  • मेस्सी र ग्रिजम्यान चम्किँदा बार्सिलोनाको फराकिलो जित

    काठमाडौं। स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले फराकिलो जित निकालेको छ । ग्रनाडाको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो ।

    जितका लागि बार्सिलोनाका एन्टोनी ग्रिजम्यान र कप्तान लियोनेल मेस्सीले समान २,२ गोल गरे । तर खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गरेको गोल सुरुमा अपसाइड मानिए पनि ग्रानाडाका खेलाडीबाट डिफ्लेक्सन भएको निर्णयसँगै मान्यता पाएको थियो ।

    यता कप्तान मेस्सीले ग्रिजम्यानको पासलाई ३५ औं मिनेटमा गोलमा बदले भने पहिलो हाफकै ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनको दोस्रो गोलका साथ बार्सिलोना पहिलो हाफमा ३–० गोलले अघि रह्यो। यता मेस्सी ११ गोलका साथ ला लिगाको शीर्ष गोलकर्ता बने ।

    डेम्बेलेको पासको सादुपयोग गर्दै ग्रिजम्यानले ६३ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले ४–० को अग्रता बनायो ।  यता सान्त्वना गोलसमेत गर्न नसकेको ग्रनाडाका जिसस भालेजो ७८ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि भने दुवै तर्फबाट गोल भएन ।

    गएरातिको जितसँगै बार्सिलोनाले लगातार आठ खेल जितेको छ । यो जितपछि ऊ शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा चार अंकले पछि पर्दै ला लिगाको तेस्रो स्थानमा छ । 

    ३४ अंक बनाएको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा एक तीन अंक पछि छ । तर रियल र बार्सिलोनाले समान १८,१८ खेल खेलेका छन् भने एथ्लेटिकोले १५ खेल खेलेको छ ।

    आइतवार, पौष २६ २०७७०६:४८:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार