एजेन्सी– लिभरपुल एफए कप फुटबलको चौथो चरण प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ४१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।
युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो । खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १(० को अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ६०औँ मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–१ को अग्रता दिलाए ।
६५औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४–१ को जित दिलाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।