बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कांग्रेस कार्यसमिति बैठक जेठ १७ गते बस्ने

कांग्रेस कार्यसमिति बैठक जेठ १७ गते बस्ने

  • 1.5K
    SHARES

  • कांग्रेस कार्यसमिति बैठक जेठ १७ गते बस्ने

    काठमाण्डौ । संविधान संशोधन प्रस्तावका बारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जेठ १७ गते शनिबार बस्ने भएको छ ।

    संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको र यसबारेमा आधिकारिक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ । सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेरर नयाँ नक्सा जारी गरेपछि नेपालको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न सरकारले विधेयक संसदमा दर्ता गरेको छ ।

    संसदको बुधबारको बैठकमा यो विधेयक अघि बढाउने तयारी गरेपनि सरकारले अन्तिम समयमा विधेयक अघि नबढाउने निर्णय गरेपछि बुधबारको कार्यसूचीबाट हटाइएको थियो ।

    शुक्रवार, जेठ १६ २०७७११:०८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार