बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बिगव्यास लिगमा होबार्ड हेरिक्यान्स ३९ रनले पराजित, सन्दिप १ विकेट लिन सफल

बिगव्यास लिगमा होबार्ड हेरिक्यान्स ३९ रनले पराजित, सन्दिप १ विकेट लिन सफल

  • 1.5K
    SHARES

  • बिगव्यास लिगमा होबार्ड हेरिक्यान्स ३९ रनले पराजित, सन्दिप १ विकेट लिन सफल

    काठमाडौं– विग ब्यास लिगको ३१‍औं खेलमा सिड्नी थन्डरले होवार्ड हेरिकेन्सलाई ३९ रनले पराजित गरेको छ ।

    हिजो सम्पन्न खेलमा जीतका लागि १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको होवार्टले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रनमा समेटिएपछि यो जीत सिड्नीको पोल्टामा गएको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनाउन सफल भएको थियो ।

    नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफ्नो व्यक्तिगत चार ओभरमा २३ रन खर्चेर १ विकेट लिन सफल भए । आठौं ओभरको चौथो बलमा सन्दिपले सिड्नीका क्याप्टेन कालुम फर्गुसनलाई १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे ।

    सन्दिपले यसअघि पहिलो खेलमा मेलवर्न स्टार्सविरुद्ध चार ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । त्यसैगरी दोस्रो खेलमा पनि स्टार्स विरुद्ध नै चार ओभरमा ३६ रन खर्चेर १ विकेट लिन सफल भएका थिए । समग्रमा सन्दिप ३ खेलमा ४ विकेट लिन सफल भइसकेका छन् ।

    शुक्रवार, पौष २४ २०७७०८:०७:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार