एजेन्सी : बुधबार राति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना विजयी भएको छ । कप्तान लियोनेल मेस्सीको दुई र पेड्रीको एक गोलको मद्दतमा बार्सिलोनाले एथलेटिक बिल्वाओलाई हराउँदै विजयी भएको हो ।
सान ममेस स्टेडियममा भएको खेलमा सुरुवातमा एक गोलले पछि परेको बार्सिलोना घरेलु टोली बिल्वाओमाथि ३–२ को जीत निकालेको हो ।
खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट बिल्वाओले अग्रता लिएको थियो। तर १४ औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेल बराबरीमा पुग्यो ।
३८ औं र ६२ औं मिनेटमा मेस्सीले दोस्रो र तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । मेस्सीले दुई गोल गरेसँगै ३-१ गोल अन्तरले अग्रता लिएको बार्सिलोनामाथि बिल्बाओका इकेर मुनिऐनलले खेलको अन्तिम मिनेटमा अर्को गोल गरेका थिए । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना मात्रै बन्यो ।
यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।