बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेक्स लाइफका दुश्मनहरु के-के हुन् ?

सेक्स लाइफका दुश्मनहरु के-के हुन् ?

  • 1.8K
    SHARES

  • सेक्स लाइफका दुश्मनहरु के-के हुन् ?

     दम्पतीबीचको झगडा ओछ्यानबाट सुरु हुन्छ, अर्थात यौन जीवनले दाम्पत्यमा खास प्रभाव पार्छ, यौनले शारीरिक सन्तुष्टि दिन्छ, मानसिक तनाव कम गर्छ, साथसाथै दम्पतीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछ । तर, यौन जीवनमा तगारो ल्याउने केहि तत्व हुन्छन् । के छन् हुन् ति ?

    तनाव

    बिहानदेखि बेलुकीसम्मको भागदौड, अफिसको वर्कलोड, आर्थिक समस्या, असमयमा खानपानको सोझो असर तनावको रुपमा देखापर्छ । स्वास्थ्यका साथसाथै यसले हाम्रो यौनक्रियामा पनि प्रभाव पार्छ । त्यसैले तनावमुक्त हुनुपर्छ ।

    मोटोपन

    जुन व्यक्तिको तौल बढी हुन्छ, उसको फ्याट सेल एस्ट्रोजेन (फिमेल हर्मोन) उत्पादन गर्छ । यसले उनको यौन-रुचीमा कमी ल्याउँछ । नियमति व्यायम गर्नेको यौनक्रिया राम्रो हुन्छ, सक्रिय हुन्छ । त्यसैले व्यायमलाई आफ्नो तालिकामा सामेल गरेर यौन जीवनलाई सक्रिया बनाउनुपर्छ ।

    मदिरापान

    नियमित रुपले मदिरापान गर्दा यौनरुची घट्छ । त्यतीमात्र होइन, यसले तपाईको शयनकक्षामा पनि तनाव निम्त्याउँछ । पत्नीको भावनाको कदर हुँदैन । त्यसैले मदिरापान गर्न छाडौ, उत्कृष्ट यौन जीवनका लागि ।

    डिप्रेसन

    डिप्रेसनले यौन जीवनमा नराम्ररी प्रभाव पार्छ । एक त डिप्रेसनको कारण तपाईमा यौन सम्पर्कमा मन जादैन , अर्कोचाहि डिप्रेसनको औषधीले यौनरुची घटाउँछ ।

    इटेक्टाइल डिसफंशन

    पुरुषमा इरेक्शनको समस्या धेरै गंभीर मानिन्छ । यसले तपाईको यौनक्रियाका साथसाथै दाम्पत्य जीवनलाई पनि धराशयी बनाउन सक्छ । त्यसैले यसको निदान खोजिहाल्नुपर्छ ।

    उच्च रक्तचाप

    सक्रिय यौन जीवनको लागि यौनाङ्गहरुमा पनि राम्ररी रक्तसंचार हुनुपर्छ । तर, उच्च रक्तचापको कारण रक्तप्रवाहमा अवरोध पैदा हुन्छ । परिणम, यौन इच्छा घट्दै जान्छ ।

    गर्भनिरोध औषधी

    केहि अध्ययनमा पाइएको छ कि, गर्भनिरोध औषधीले महिलाको टेस्टोस्टेरन लेभल कम गर्छ । जसले महिलालाई यौन इच्छा हुँदैन । यो औषधी एस्ट्रोजनले बनेको हुन्छ, जसलाई लामो समयसम्म सेवन गर्दा यौन जीवन खलबलिन्छ ।

    यौनबर्द्धक फल

    स्टबेरी : यो भिटामिन सीको राम्रो स्रोत हो, जसले पुरुषमा स्पर्म काउन्ट बढाउँछ । साथै यसले मुटु र धमनीमा रक्तप्रवाह पनि गराउँछ । यसलाई डार्क चकलेटमा डुबाएर सेवन गर्नुपर्छ, कामोत्तेजना बढाउँछ ।

    बदाम : जिंक सेलेनियम र भिटामिन ईले भरपुर बदाम सेक्स बुस्टरको काम गर्छ । जिंकले सेक्स हर्मोन बढाउने काम गर्छ । भिटामिन ईले मुटुलाई स्वास्थ्य राख्छ ।

    सेक्स किलर फुड्स

    – चिज

    – डाइट सोडा

    – सोया

    – कृतिम गुलियो

    – चिप्लो खानेकुरा

    बुधवार, पौष २२ २०७७०१:४५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार