बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम

  • 2.6K
    SHARES

  • पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम

    फाईल तस्बिर
    काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनल आउँदो जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने भएको छ । च्याम्पियनशिपमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ उपाधिका लागि भिड्दै छ ।

    विश्वभरका २४ टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुग्दा नेपाली पब्जीप्रेमी उत्साहित छन् । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

    चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो । यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । सो टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

    तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ ९डीआरएस० भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सक्यो ।

    दुबईमा सो फाइनल खेल हुँदै छ । ग्लोबल च्याम्पियनशिपको पुरस्कार राशी २० लाख अमेरिकी डलर अर्थात् झण्डै २३ करोड ४४ लाख रूपैयाँ रहेको छ ।

    मंगलवार, पौष २१ २०७७०६:४६:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार