काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले लकडाउनका कारण सामाजिक र आर्थिक अवस्था अस्तव्यस्त भएको भन्दै जारी लकडाउनमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
सांसद भैरवबहादुर सिंहले विश्व स्वास्थ्य संगठनको मूल्य–मान्यताविपरीत भारतले कोरोना संक्रमण महामारीकाबीच नेपालीहरुलाई सीमातिर लखेटिरहेको भन्दै सीमाबाट भित्रिने नेपालीको कोरोना परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा भाग लिएका अधिकांश सांसदहरुले भारतबाट दैनिक हजारौंको संख्यामा नेपालीहरु स्वदेश भित्रिएपनि आवश्यकरुपमा कोरोना परीक्षण हुन नसकेको भन्दै प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराएर परीक्षण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरुले रुकुमपश्चिममा घटेको घटना छानबिनको लागि संसदीय छानबिन समिति बनाउन र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे । यस्तै, बैठकमा शिक्षा तथा स्वास्थ्य समिति र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापतिले समितिको प्रतिवेदन पेस गरेका छन् ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘नेपाल विशेष सेवा, विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।