काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ । ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १२३ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो ।
ललितपुरले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा त्रिविले नौ विकेट गुमाएर १४५ रन मात्र बनायो । २६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा त्रिविका लागि पृथु बाँस्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८ तथा निराकार राईले १० रन बनाए । बलिङतर्फ ललितपुरका आशुतोष घिरैयाले तीन तथा विपिन आचार्य र सुमित झाले दुई–दुई विकेट लिए ।
यसअघि ललितपुरका लागि पवनगोपाल श्रेष्ठले अविजित ११७ रनको शतकीय पारि खेले । उनले १०३ बल खेल्दै तीन छक्का र १० चौका प्रहार गरे । यस्तै सचिन लेखकले ६८ तथा आशुतोष घिरैयाले ३१ रन बनाए । बलिङतर्फ त्रिविका लागि पृथु बाँस्कोटाले चार तथा सुशान्त तिमल्सिनाले दुई विकेट लिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।