बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सांसद कोषको रकम खारेज गरौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

सांसद कोषको रकम खारेज गरौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

  • 2.1K
    SHARES

  • सांसद कोषको रकम खारेज गरौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सांसद विकास कोषको रकम खारेज गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएका छन् । गोरखामा आफैंसँग पराजित नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ सांसद विकास कोषको रकम खारेजीको कुरा उठाइरहेका बेला बाबुरामले पनि यस्तो राय सार्वजनिक गरेका हुन् ।

    माइक्रो ब्लगिङ साइट ट्विटरमा आफ्नो भनाइ राख्दै सांसद कोषको रकमले स्वाभिमान भएका केही सांसदहरुलाई लज्जित तुल्याएको बताएका छन् । उनले यो रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्नुपर्ने बताएका छन् ।

    “सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछु, उनले भनेका छन्, “यसो गरौं न-सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १-१अर्ब बजेट बिनियोजन होस् । अहिलेको कनिका रकम खारेज होस !”

    बुधवार, जेठ १४ २०७७०७:५१:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार