एजेन्सी – एलेसान्द्रे लाकाजेट्टीको दुई गोल सहयोगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको वेस्ट ब्रममाथि उसकै मैदानमा ४–० को सानदार जित निकालेको छ ।
आर्सनलको फराकिलो जितमा लाकाजेट्टीले दुई गोल गर्दा काइरन टाएरने र बुकायो साकाले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल सम्भव भएको थियो ।
खेलको २३औ मिनेटमा काइरनले रब होल्डिङको पासमा गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा इमिल स्मिथ रोवीको पासमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० ले अघि बढाए ।
दोस्रो हाफमा लाकाजेट्टीले पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै आर्सनललाई फराकिलो जिततर्फ अघि बढाए । ६०औं मिनेटमा लाकाजेट्टीले पहिलो गोल गर्दा आर्सनल खेलमा ३–० ले अघि बढ्यो । ६४औं मिनेटमा काइरनको पासमा लाकाजेट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलाई खेलमा ४–० को फराकिलो जित दिलाए ।
यो जितसँगै आर्सनल १७ खेलबाट २३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित बेसट ब्रम ८ अंकसहित १९औं स्थानमा यथावत छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।