बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

  • 2.6K
    SHARES

  • सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ ।

    होबार्टले मेलवर्न स्टार्सलाई आज (शनिबार) भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन् । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन्। 

    चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन् । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको  थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए ।

    एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिए ।

    होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए । नेपालमै छँदै उनी कोरोनाबाट सङ्क्रमित भएका थिए । अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका छ खेल खेल्नबाट बञ्चित भएका हुन् ।

    होबार्ट हालसम्म खेलेका सात खेलमा  पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ ।  

    शनिवार, पौष १८ २०७७०६:३९:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार