बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

  • 2.5K
    SHARES

  • प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

    काठमाडौं।  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफ पुगेको छ ।

    शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जितमा जोती पाण्डे २६ रनमा नटआउट रहँदा सरिता मगर पनि १९ रनमा नटआउट रहिन् ।

    यसैगरी कप्तान सिता रानामगर भने ७ रनमा आउट भइन् । उनले १७ बल खेल्दा एक चौका प्रहार गरिन् । सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन् ।

    बिहानको खराब प्रकाशका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो ।

    सुदूरपश्चिमका लागि कविता जोशीले नटआउट २२ रन जोड्दा रेवती धामीले १२ तथा कविता कुँवरले ९ रनको योगदान गरिन् । दुई खेलाडीले खाता खोल्न सकेनन् भने अरु खेलाडीले अन्डर फाइभको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए । पहिलो सेमिफाइनल विजेता एपीएफले आजै हुने अर्को सेमिफाइनल प्रदेश एक र लुम्बिनीको विजेतासँग आइतबार उपाधि भिडन्त गर्ने छ ।

    शनिवार, पौष १८ २०७७०४:००:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार