बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सर्वदलीय बैठकमा कांग्रेसले यस्तो भन्यो

सर्वदलीय बैठकमा कांग्रेसले यस्तो भन्यो

  • 2.0K
    SHARES

  • सर्वदलीय बैठकमा कांग्रेसले यस्तो भन्यो

    काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा प्रस्तुत गरेको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

    कांग्रेसले महाकाली नदि पूर्वको भूभाग नेपालको भएको भन्दै सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको बताएको थियो । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ भन्ने धारणा समेत राखेको थियो । यस्तै उच्चस्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गर्न भन्दै काँग्रेसले यो विषयमा कांग्रेस सरकारको साथमा रहेको पनि बताएको छ ।

    संविधान संशोधन बारे पनि कांग्रेसले आफ्नो धारणा राखेको छ । ‘संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं’ बैठकमा काँग्रेसले भनेको थियो ।

    बुधवार, जेठ १४ २०७७०४:५८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार