काठमाडौं । एन आइ सी एशिया बैंकले १ सय र ५० को नोट डिपोजिट गर्न नमान्दा सेवाग्राही मर्कामा परेका छन् । भक्तपुरको सुर्यविनायकस्थित च्याम्हासिंह शाखामा पैसा डिपोजिट गर्नका लागि पुगेका सेवाग्राहीहरु डिपोजिट गर्न नपाएपछि समस्यामा परेका हुन् ।
बैंकको उक्त शाखाले रु सय र पचासको नोट डिपोजिट गर्न नमानेपछि सेवाग्राहीले मेगाखबरलाई गुनासो राखेका थिए । सो पश्चात मेगाखबरले गरेको अनुगमनमा पनि बैंकले नोट लिन मानेन । बरु उल्टै आफूहरुलाई नोट नलिनू भनेको भन्दै बैंकका कर्मचारीले फिर्ता पठाएका छन् ।
सेवाग्राहीको सुविधाका लागि मोबाईल बैंकिङदेखि अन्य सुविधाहरुको कुरा गरिरहँदा बैंकले भने नगद पैसा डिपोजिट गर्न नमानेको हो । सो पश्चात हामीले सोही शाखाका ब्रान्च म्यानेजरलाई प्रश्न गर्दा त्यस्तो नहुनपर्ने बताउँछन् । यद्यपी, १०० र ५० को नगद नोट डिपोजिट गर्न नमानेपछि मेगाखबरको टिम त्यहाँबाट फर्किएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।