बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काभानीलाई तीन खेल र १ लाख पाउन्ड जरिवाना

काभानीलाई तीन खेल र १ लाख पाउन्ड जरिवाना

  • 1.7K
    SHARES

  • काभानीलाई तीन खेल र १ लाख पाउन्ड जरिवाना

    एजेन्सी
    काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ ।

    इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई अध्ययन गर्दै १ महिनापछि तीन खेलको प्रतिबन्धसँगै १ लाख पाउन्ड जरिवाना सुनाइएको हो ।

    ३३ वर्षीय काभानीले प्रिमियर लिगको एस्टन भिल्ला, वाट्फोर्ड र कारावाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने छन् । उनले लिभरपुलविरुद्धको खेल खेल्ने सम्भावना छ काभानी यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा युनाइटेडमा अनुबन्ध भएका थिए ।

    उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको भनेर ठानिएको छ । इंग्लिस फुटबल गभर्निङ बडीले पनि उनको त्यो टिप्पणी जातीय विभेदको हुन खालको रहेको उल्लेख गरेको छ ।

    एफएले जारी गरेको विज्ञप्तिमा उनले एफएको ई३३ अन्तरगतको नियम उल्लंघन गरेको आरोप लगाइएको छ । नियमअनुसार उनले ६ भन्दा बढी खेलको प्रतिबन्ध खेप्नुपर्ने भएपनि उनले तत्कालै पोस्ट हटाएर आफ्नो गल्ती स्वीकार गरेका कारण प्रतिबन्ध केही कम भएको पनि एफएले जनाएको छ ।

    नोभेम्वर २९ मा साउथह्याम्टनमाथि ३–२ को पूनरागमन जित निकालेको खेलमा काभानीले दुई गोल गरेका थिए । त्यसपछि उनले इन्स्टाग्राममा जातीय विभेद ल्याउने खालको पोस्ट गरेका थिए । लगत्तै उनले आफनो पोस्ट हटाएका थिए ।

    शुक्रवार, पौष १७ २०७७०८:१५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार