बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेत्री उवर्शीलाई १५ मिनेटका लागि ४ करोड पारिश्रमिक

अभिनेत्री उवर्शीलाई १५ मिनेटका लागि ४ करोड पारिश्रमिक

  • 2.2K
    SHARES

  • अभिनेत्री उवर्शीलाई १५ मिनेटका लागि ४ करोड पारिश्रमिक

    मुम्बई, अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड भन्दा बढी रकम लिएकी छन् ।

     ३१ डिसेम्बर अर्थात आज राति दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धेरै रकम लिएकी छन् ।

    उवर्शीले सामाजिक सञ्जालमा एउटा कार्यक्रम पोष्ट गर्दैको जानकारी दिएकी छिन् । पार्टीमा उनले फ्यानका साथ साक्षात्कार पनि गर्नेछिन् । उवर्शी एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानका साथ समेत देखिँनेछिन् ।

     पहिले केही दिन अघि उनले रमदानको साथ तस्बिर शेयर गर्दै यसको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘अब एक इन्टरनेशनल प्रोजेटमा इजिप्टका अभिनेता मोहम्द रमदानको साथमा सुटिङ गर्दैछु ।’

     यो प्रोजेटका लागि आफुलाई अवसर प्रदान गर्ने प्रति समेत उनले उक्त पोष्टमा आभार व्यक्त गरेकी थिइन् ।

    इजिप्टमा अभिनेता रमदानले बलिउड कलाकारमा आफुले शाहरुख र उवर्शीलाई मात्र चिन्ने बताएका छन् । उनले उवर्शीको तरिफ गर्दै भनेका छन् ‘उवर्शी बलिउडकी युवा सुपरस्टार रहेकि हुन् ।

    बिहिवार, पौष १६ २०७७०५:०६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार