अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।
पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएकि छिन् ।
यस वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हाे,यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुन देखि मिस युनिभर्स सँग सहकार्य गरेको छ ।
नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो । सन् २०१७ मा नग्मा श्रेष्ठले याे स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हाे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।