बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रचण्ड–नेकपा पेरिसडाँडामा जुट्दैः ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला

प्रचण्ड–नेकपा पेरिसडाँडामा जुट्दैः ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला

  • 2.6K
    SHARES

  • प्रचण्ड–नेकपा पेरिसडाँडामा जुट्दैः ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला

    काठमाडौं । प्रचण्ड र नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी आज पनि संघर्षमा जुट्दैछन् । बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

    वृहत भेलालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसैगरी १२ बजे उपत्यकतामा उपलब्ध स्थायी कमिटीका सदस्यहरुको छलफल चल्नेछ । पेरिसडाँडामा चल्ने छलफलले भावी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने भट्टराईले बताए ।

    आन्दोलनका कार्यक्रम आजै ३ बजे घोषणा गरिने उनले बताए । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपा फुटेको छ प्रचण्ड माधव पक्ष सडक संघर्षमा उत्रिएको हो । हिजो मंगलवार नेकपाले देशभर प्रदर्शन गरेको थियो ।

    बुधवार, पौष १५ २०७७०७:५३:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार