बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

  • 2.8K
    SHARES

  • बार्सिलोना बराबरीमा रोकियो

    एजेन्सी
    काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इबरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    खेलमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता लिएकोमा बार्सिलोनाका लागि उसमान डेम्बेलेले १० मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए । खेलमा ८ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए ।

    यस खेलमा लियोनेल मेसी बिना खेलेको बार्सिलोना बराबरीमा रोकिएको छ । खेलपछि बार्सिलोना १५ खेलपछि २५ अंक हासिल गरेको छ भने लिगमा छैठौ स्थानमा रहेको छ । त्यस्तै इबरको १६ खेलमा १६ अंकसहित १५औ स्थानमा रहेको छ । 

    बुधवार, पौष १५ २०७७०७:४४:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार