काठमाडौँ, सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।
ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली-दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।
पटक-पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ ।
मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।