बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुरक्षासंयन्त्र झुक्याउँदै चौतारामा युवा संघको मसाल जुलुस

सुरक्षासंयन्त्र झुक्याउँदै चौतारामा युवा संघको मसाल जुलुस

  • 1.9K
    SHARES

  • सुरक्षासंयन्त्र झुक्याउँदै चौतारामा युवा संघको मसाल जुलुस

    चौतारा । संसद बिघटनको असंबैधानिक कदमका बिरूद्द राष्ट्रिय युवा संङ नेपाल सिन्धुपाल्चोकले चौतारामा मसाल जुलुस गरेको छ । कुनै एक ठाउँबाट गर्ने सुचना बाहिरिएपनि प्रहरी प्रशासनलाई झुक्याउँदै युवा संघले मसाल बोकेर सिंगो बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

    युवा संघले सुरूमा पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्ने तयारी भएको सुरक्षा निकाय र स्थानीयले सूचना पाएका थिए । तर, सुरक्षा संयन्त्रलाई झुक्याउँदै युवा संघले बजारको अन्य तीन स्थानबाट पनि एकैसाथ मसाल जुलस निकालेको थियो ।

    julus df.jpg

    संघको जुलुसलाई बिद्यार्थीले पनि साथ दिएका थिए । एक सय बढी युवा संघ र बिद्यार्थी जुलुसमा सहभागी थिए ।
    मसाल जुलुसमा सरकार बिरूद्द विभिन्न नारा लगाउँदै समापन गरिएको युवा संघले जनाएको छ । जुलुसअघि संघले बजारमा सरकार बिरूद्दको पर्चा फ्यालेका थिए ।

    मंगलवार, पौष १४ २०७७११:२५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार