काठमाडौं । तेलुगू अभिनेता राम चरण कोरोना संक्रमणको चपेटामा परेका छन् । उनले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसको संक्रमणमा परेको जानकारी दिएका हुन् ।
रामले ट्विट गर्दै लेखेका छन्, “म कोरोना पोजेटिभ भएको छु । तर यसको कुनै लक्षण देखिएन । पोजेटिभ आउने बित्तिकै म होम–क्वारिन्टिनमा बसेको छु । चाँडै स्वस्थ हुने आशा गर्दछु ।”
उनले पछिल्लो केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकाहरुलाई कोरोना परिक्षण गराउन आग्रह पनि गरेका छन् । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।