भक्तपुर । ससद विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड नेपाल) निकट युवा र विद्यार्थी संगठनले भक्तपुरमा मसाल जुलुस निकालेका छन् ।
बाराहीस्थानबाट निकालेको मसाल जुलुस राममन्दिर हुँद नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो । सो कार्यक्रमा युवा सघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, युवा संघका नेता दिपक थापा, भक्तपुरका अध्यक्ष दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए ।
यता यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । सो अनुरुप भोलि सोमबार बृहत प्रदर्शनको तयारी अघि बढाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।