बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काँग्रेस कसैसंग मिल्दैन : देउवा

काँग्रेस कसैसंग मिल्दैन : देउवा

  • 1.4K
    SHARES

  • काँग्रेस कसैसंग मिल्दैन : देउवा

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटना क्रमबाट उत्पन्नपरिस्थितीमा नेपाली काँग्रेस कसैसंग नमिल्ने बताएका छन् । 

    संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा गरिएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले अदालतको निर्णयलाई सम्मान गर्ने आफ्नो पार्टी भएकाले नेपाली काँगे्रस कसैसंग नमिल्ने नमिल्ने बताएका हुन् । 

    नेपाली काँग्रेसले कसैसंग मिल्नुको परिणाम पहिले नै भोगिसकेकाले बहकाउमा नपर्ने बताए । उहाले संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउदै अदालतमा विचाराधीन मुद्दामा धम्क्याएर, तर्साएर यो निर्णय गर् नेपाली काँग्रेसले नभन्ने बताए ।

    सभापति देउवाले अदालतले स्वतन्त्र निर्णय गर्ने भएकाले आफूहरु निरन्तर न्यायलयको निर्णयको प्रर्खाइमा रहेको बताए । उनले प्रधानमन्त्री ओलीको असंवैधानिक निर्णयको नेपाली काँग्रेुसले विरोध गर्दै जनताकोबीच जाने बताए ।

    केही दिनपछि आफ्नो पार्टीको केन्द्रीय समिति बैठकबसी थप धारणा बनाउने सभापति देउवाको भनाई छ ।

    सोमवार, पौष १३ २०७७०८:३७:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार