काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताले दिएको संसद खोज्न सकडमा आएको बताएका छन् ।
संसद विघटनविरुद्ध काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले जनताको संसद खोज्न सडकमा आएको बताएका हुन् ।
उनले कम्युनिष्ट सरकारले सपना बाडेको उल्लेख गर्दै रेल, पानीजहाज, पानीका धाराबारे जनतालाई देखाएको सपना कता गयो ?भन्दै प्रश्नसमेत गरे । प्रवक्ता शर्माले नेपाली काँग्रेस कसैको पक्षमा नभई जनता र नेपाली काँग्रेसकै पक्षमा उभिने बताए । उनले प्रधानमन्त्री केपी ओलीसंग शासन गर्ने कुनै आधार नभएको बताउदै नेकपाभित्रै पूर्वप्रधानमन्त्री माधव नेपालले संसदमा गीत गाएको स्मरण गरे ।
अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव नेपाल दोषी रहेको बताए ।
उनले राष्ट्रपति विद्यादेवीले देशको संवैधानिक राष्ट्रपतिले कस्तो काम गर्नुपर्छ भन्ने ज्ञान सिक्न नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवसंग ट्युसन पढ्न जान अनुरोध समेत गरे ।
उनले मेलम्चिको पानी मकाठमाडौका जनतालाई कमिशनले महंगो बनाएको बताउदै कम्युनिष्ट सरकारको पालामा कमिशन मौलाएको जिकिर गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।